मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
आज देशभर कृष्ण जन्माष्टमी मनाईदै – Shivalaya TV
Banner NewsBanner news (with photo)जिवनशैलीदेशफिचरविचार दृष्टिकोण

आज देशभर कृष्ण जन्माष्टमी मनाईदै

काठमाडौं १० भदौः वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन्। भगवान विष्णुको आठौं अवतारको रुपमा श्री कृष्णको जन्मदिनका अवसरमा हिन्दुहरुले मनाईने वार्षिक पर्व हो।

श्री कृष्णको जन्म भाद्र पक्षको अष्टमी तिथि मध्य रात्री १२ बजे भएको थियो ।जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरुमा कृष्णको पुजा-आराधना,प्रवचन,भजन-किर्तन गर्नुका साथै महिलाहरु व्रत बसी रातभर जाग्रन बस्ने चलन छ।राति १२ बजे कृष्णको जन्म भई सकेपछि भक्तजनहरु घण्टी बजाएर कृष्णको आरती गर्छन।यसका साथै भक्तजनहरु आफ्नो ईष्ट-मित्र,छर छिमेकसँग एक -आपसमा प्रसाद बाटेर खुसी प्रकट गर्छन ।

यसको भोलिपल्ट कतिपय स्थानमा दहि हाँडि वा मटका फोर्ने प्रतियोगिता पनि आयोजन गरेको पाईन्छ ।जन्माष्टमी पाटनको मंगलबजार स्थित प्रसिद्व कृष्ण मन्दिरमा ठुलो मेला लाग्छ।यसै उपलक्ष्यमा काठमाडौ लगायत मुलुकका विभिन्न नगरका धार्मिक संस्थाहरु द्वारा श्री कृष्णको झाँकी सहित शोभायात्रा निकालिने चलन छ।भारतमा समेत विभिन्न समुदायका हिन्दु धर्मालम्बीहरु कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्छन।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker