Banner Newsअर्थतन्त्रस्वास्थ्य
सङ्घीय अस्पतालका बिग्रेका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई
सम्झौता अनुसार अब केन्द्रले हाल स्वास्थ्य मन्त्रालयअन्तर्गतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिने र त्यसपश्चात मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरुले मर्मत गर्ने उल्लेख छ ।
सो विषयमा जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भनेका छन्-
´स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका सङ्घीय अस्पतालका स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गरेका छौँ ।
स्वदेशी स्रोत र सीपको प्रयोग गरी स्वदेशमै केही सम्भावनाको खोजी गरिरहनुभएका समाजसेवी महावीर पुनज्यूको पवित्र उद्देश्य पूरा गर्न सुम्पिएको अभिभारा उहाँले पूरा गर्नुहुने विश्वास लिएको छु ।`