बझाङ्गको सेतीनदीमा माछा मार्न नपाईने
माछा मार्न बन्द
काठमाडौंः २७
बझाङ्ग जिल्ला थलारा गाउँपालिकाले माछा मार्न बन्द गरिएको भन्दै एक सूचना जारी गरेको छ ।
उक्त सूचनामा लेखिएको छ “ यस थलारा गाउँपालिकाको जलचर तथा जैविक विविधता संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ को दफा ५ बमोजिम माछाले फुल पार्ने तथा प्रजनन् गर्ने समय भदौ, असोज, फागुन र चैत्र महिनामा रहेकोले पछिल्लो समय अत्याधिक विनासकारी तरिकाबाट करेन्ट लगाउने, जैविक तथा रसायनिक विषादी प्रयोग गर्ने, महाजाल, पासा र नदी खोला थुनछेक गरी माछा मार्दा पालिका क्षेत्रमा रहेको नदी र खोलामा माछाको संख्या चिन्ताजनक रुपमा घटिरहेको छ ।
जलीय जैविक विविधताको स्वास्थ्यको सूचकको रुपमा रहेका माछा लगायत अन्य जलचरको संरक्षण र दिगो उपयोग गरिएन भने भविष्यमा हाम्रो वातावरणमा थप नकारात्मक असर पर्ने भएको हुँदा सो अवधिमा यस पालिका वडा नं. ९ को जडारीगाड दोभान र सेती नदी देखि राक्सेगाड सम्म, वडा नं. ६ राक्सेगाड दोभानदेखि थलारी गाडमा पर्ने सम्पूर्ण वडा, थलारी गाड देखि वडा नं. ३, ४, १ सम्मको रेगम गाड दोभान, बझाङको थलारा डोटीको सिमाना र सेती नदी क्षेत्रसम्म माछा मार्न बन्द गरिएको व्यहोरा सबैमा सुचित गरिन्छ । यदि यो सूचनाको अवज्ञा गरी कुनै पनि साधन वा तरिकाले माछा मारेको पाइएमा ऐन बमोजिम कार्वाही गरिने व्यवोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ” भन्दै सुदुर पश्चिम थलारा गाउँपालिकाले सूचना जारी गरेको छ ।
उक्त सूचना तस्विरमा देख्न सक्नुहुने छ ।