जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको : सार्वजनिक यातायातमा देखिएकाे भाईरल तस्बिर
![](https://shivalayatv.com/wp-content/uploads/2024/08/1000027102-1.jpg)
काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष पुर्व उपप्रधानमन्त्री तथा संघीय सांसद चित्रबहादुर केसीको तस्बिर अहिले सामाजिक सञ्जालमा एकदमै भाइरल भएको छ। तस्बिरमा केसीलाई काठमाडौंको व्यस्त सार्वजनिक यातायातमा यात्रु बनेर यात्रा गरेको देख्न सकिन्छ ।
जनमोर्चाका अध्यक्ष तथा संघीय सांसद केसीको यो साधारण जीवनशैली र जनताप्रतिको सेवाभावले उनको राजनीतिक जिम्मेवारीप्रतिको निष्ठा प्रकट गरेको छ । तस्बिरले राजधानीको व्यस्त सडक र उच्च भौतिक संरचनाबीच पनि वृद्ध नेताहरुको जीवन र संघर्षलाई दर्शाएको छ।
बागलुङ क्षेत्र नं. १ मा विजयी बनेका के सि हाल । ८४ वर्षको उमेर पार गरिसकेका छन केसीले गत निर्वाचनमा २१,४६४ मत प्राप्त गरेर विजय भएक थिए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका सूर्य पाठकले १८,८४५ मत ल्याएका थिए ।
नेता केसीको यो तस्बिरले साधारण जीवनशैलीको उदाहरण दिएको छ। यो तस्बिरमा उनलाई एक माइक्रोबसको ढोकाबाट झर्न लागेको देख्न सकिन्छ। कोटेश्वर, कालिमाटी, बानेश्वर, थापाथली लेखेको माईक्रोमा चित्रबहादुर केसीको यो तस्बिरले केही सामाजिक सञ्चालन भाईरल हुनुकाे एक उदाहरण ।
राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरूले पाँच दिनसम्म सार्वजनिक यातायातको प्रयोग गरेका छन्। यो अभियानले नेताहरूलाई जनतासँग प्रत्यक्ष सम्पर्कमा ल्याउन र जनताको समस्याहरूलाई नजिकबाट बुझ्न मद्दत पुर्याउने उद्देश्य राखेको छन । नेताहरूले विभिन्न सार्वजनिक यातायातका साधनहरू जस्तै बस, प्रयोग गर्दै राजधानीका विभिन्न ठाउँहरूको यात्रा गरेका छन्। यस अभियानले रास्वपाले गर्दा केसि पुरानो तस्बिर भाईरल भएको हाे ।