Banner Newsदेशराजनीति
ओलीले भने अब एमालेमा गुटबन्दी स्वीकार्य छैन

काठमाडौँ २१।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै पनि हिसाबको गुटबन्दी स्वीकार्य नहुने भन्दै चेतावनी दिनुभएको छ।
आइतबार एमालेका नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले गुटबन्दीका कारण एमाले विभाजन भएको भन्दै अव एमालेमा गुटबन्दी स्वीकार्य नहुने बताएका छन्।
‘हाम्रो पार्टीमा लामो समयदेखि गुटबन्दी थियो । या त हामीले गुटबन्दी नियन्त्रण गर्न सक्नुपर्थ्यो, सकिएन भने अन्ततः विभाजनमा जान्थ्यो हाम्रो पार्टीमा त्यस्तै भयो’, ओलीले भने, ‘हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन हुने छैन भन्दै ओलीले सम्बोधन गरेका छन् ।’