Banner Newsअर्थव्यवस्थाकर्णाली प्रदेश
जाजरकोटका राजीवविक्रम शाह कर्णाली प्रदेशका अर्थमन्त्री
जाजरकोटको प्रदेश सभा ‘ख’ का नेपाली कांग्रेस सांसद राजीवविक्रम शाहले कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी पाएका छन् । यस्तै, दैलेखका सांसद घनश्याम भण्डारीलाई सामाजिक विकास मन्त्रालय, सल्यानका सुरेश अधिकारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र हुम्लाकी विजया बुढालाई जलस्रोत तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।