मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
किन घुर्छन मान्छे ? यस्ता छन रोकथामका उपायहरु – Shivalaya TV
Uncategorized

किन घुर्छन मान्छे ? यस्ता छन रोकथामका उपायहरु

घुर्नु भनेको के हाे ?

मानिस सुत्दा अथवा निदाउदा आफै निस्कने एक प्रकारको आवाज, जो सुतेर निधाएको बेलामा स्वास लिदा वा स्वास बाहिर  निस्किदा बाहिर निस्कने आवाज हो, जसलाई घुर्नु (स्नोरिङ) गर्नु भनिन्छ ।

सामान्यतयाः मानिस निधाएको बेलामा घुर्नु (स्नोरिङ) कुनै रोग भने हाेइन । किनकी यस्तो बेलामा घुर्ने मान्छेलाई न त सुताईमा अप्ठेरो महसुस हुन्छ, न कुनै सारारिक दुखाई महसुस हुन्छ, न बिहान बेलुका कुनै खाना खादा नरुच्ने जस्ता कारण नै ह हुन्छ । उसले आफूबाट त्यसरी आवाज आएको छ भन्ने समेत पत्तो नै पाउँदैन । यसले संगै सुत्ने वा नजिकै सुत्ने अर्को व्यक्तिलाई असर मात्रै पार्ने काम गर्छ ।

किन घुर्छ मान्छे ?
हाम्रो शरीरको एउटा महत्वपूर्ण प्रणाली मध्येको हो पाचन प्रणाली । त्यसको लागि मुखबाट नै अंग जोडिएर पेट सम्म पुगेको हुन्छ । त्यस्तै अर्को महत्वपूर्ण प्रणाली स्वासप्रस्वास प्रणाली मानिन्छ ।

त्यसको अंग पनि नाकबाट जोडिएर पेट सम्म पुगेको हुन्छ । यी दुई छुट्टा छुट्टै प्रणाली भएपनि यसका अंगको कति पय भागले एउटै काम गरेको हुन्छ । त्यसलाई हामीले ‘एरो डाइजेस्टिक ट्रयाक’ भन्छौँ ।

अझ सजिलोसंग बुझौ, हामी मुखले पनि स्वास लिन्छौँ , नाकले पनि स्वास लिन्छौँ । नाकबाट जाने स्वास नलि र मुखबाट जाने अन्ननलि रुद्रघण्टी मुनी पुगेपछि मात्रै आ–आफ्नो  प्रकृयाको लागि छुटिन्छ । त्यसभन्दा माथिको भागमा एकै रुपमा आउछ । त्यहि भागलाई हामी ‘एरो डाइजेष्टिक ट्रयाक’ भन्छौँ   । स्वासप्रस्वास प्रकृयामा जव त्यहि  (एरो डाईजेष्टिक ट्रयाक) भागमा अवरोध हुन्छ मान्छे घुर्न थाल्छ ।

मुखको ठयाक्कै पछाडी भएको जिव्रो भन्दा माथि र तालुभन्दा तलको घाटीको भाग (मुखे घांटी) भन्छौँ  । त्यस्तै त्यसभन्दा मुनी रुद्रघण्टी भन्दा पछाडीको अर्को भाग जसलाई नाकेघांटी भन्छौँ  । यी भागमा कुनै पनि कारणले समस्या आएमा मान्छे घुर्न थाल्छ ।

कसरी गर्ने समाधान ?
यसको उपचार भनेको माथि उल्लेखीत समस्याहरुको सर्जरी वा अप्रेसन गर्नु हो । त्यसबाहेक भरपर्दो उपचार छैन । यद्धपी खानपीन, शारीरिक व्यायामले पनि कहिलेकाही नियन्त्रण गरेको पाइन्छ । किनभने बोसोले नलि साघुँर्याउने काम गर्छ । त्यसैको अवरोधले मान्छे घुर्न थाल्छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker