Banner Newsखेलकुदजिवनशैली
सन्दीप लामिछानेको मुद्दामा आजै फैसला आउन सक्ने
उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि निरन्तर सुनुवाइ हुँदैछ ।
लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा अदालतमा मंगलबारदेखि निरन्तर बहस जारी छ ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ । हिजो दिनभरिको सुनुवाइपछि न्यायाधीशले बहस नसकिएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए ।
आज यही इजलासमा मुद्दाको सुनुवाइ हुनेछ मुद्दामा बहस सकिए न्यायाधीशले आजै फैसला गर्ने सम्भावना छ ।