मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयमा भारतको असन्तुष्टि – Shivalaya TV
Banner Newsअर्थतन्त्रदेश

१०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयमा भारतको असन्तुष्टि

नेपाल सरकारले १ सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेसँगै भारतले असन्तुष्टि व्यक्त गरेको छ । भारतीय विदेशमन्त्री जयशंकरले सीमा विवादबारे दुई देशबिच छलफल जारी रहँदा नेपालले गरेको एकतर्फी निर्णयले वास्तविकता परिवर्तन नहुने पनि स्पष्ट पारे ।

‘मैले रिपोर्ट हेरेँ । मैले विस्तारमा त हेर्न पाएको छैन, तर यस विषयमा हाम्रो पोजिसन स्पष्ट छ । स्थापित मञ्चहरू मार्फत हामीले नेपालसँग सीमा विवादका विषयमा छलफल गरिरहेका थियौँ । यहीबिचमा नेपालले एकतर्फीरुपमा केही निर्णय गरेको छ,’ भुवनेश्वरमा आयोजित कार्यक्रममा उनले भने, ‘अर्कोतर्फ गरिएको निर्णयले उनीहरूले हामीबिचको अवस्था र जमिनी वास्तविकता परिवर्तन गर्न सक्दैनन् ।’

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker