Banner Newsशिक्षासाहित्य/ सिर्जनासूचना / प्रबिधि
जेठ १ देखि ३ सम्म अनेरास्ववियुले विद्यार्थी महोत्सव गर्दै
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले ६० औं स्थापना दिवसको अवसरमा विद्यार्थी महोत्सव गर्ने भएको छ ।
जेठ १ देखि ३ सम्म भृकुटीमण्डप काठमाडौंमा आयोजना हुन लागेको विद्यार्थी महोत्सवमा १४ विधामा कार्यक्रमहरु हुने अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए
उनको भनाई अनुसार विद्यार्थी महोत्सवमा अनेरास्ववियुको बारेमा जानकारी दिने, लाइभ म्युजिक, लाइभ प्रोजेक्ट, करियर काउन्सिलिङ, युवा संसद बहस र संवाद, सांस्कृतिक प्रदर्शनी, रत्तदान तथा स्वास्थ्यशिविरर हुनेछ । त्यस्तैगरी फूड स्टल, ई–गेमिङ प्रतियोगिता, पर्यटन भिजन, विश्वविद्यालयबारे जानकारी, कानुनी शिविर, लाइभ पेन्टिङ प्रतियोगिता, चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण जस्ता कार्यक्रम हुनेछ ।