मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाज काठमाडौं फिर्ता । – Shivalaya TV
Banner Newsप्राविधिक समाचारवाग्मती प्रदेश

काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाज काठमाडौं फिर्ता ।

सोमबार बिहान काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको छ।

विमानमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए।

हाइड्रोलिकमा समस्या आउदा अवतरणको क्रममा विमानमा ब्रेक लगाउन कठिनाई हुन्छ।

सिताको ९०६ उडान नम्बरको जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण र सबै यात्रु सकुशल रहेको निरौलाले बताए। धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्‍याइएको थियो।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker