Banner Newsकोशी प्रदेशताजा समाचार
इलाम-२ मा ११ बजेबाटमतगणना हुँदै
इलाम–२ मा सम्पन्न उपनिर्वाचनको मतगणना बिहान ११ बजेदेखि हुने सहमति भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।
सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालाहरू पनि उपस्थित थिए । इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा मतगणना हुने भएको हो ।