Banner Newsवाग्मती प्रदेशस्वास्थ्य
काठमाडौं महानगरपालिकाले जुनसुकै पालिकाका अशक्त र विपन्न बिरामीहरूको नि:शुल्क उपचार गर्ने
![](https://shivalayatv.com/wp-content/uploads/2024/02/1000016575-780x470.jpg)
काठमाडौं महानगरपालिकाले देशका जुनसुकै पालिकाका अशक्त, विपन्न बिरामीहरुलाई निशुल्क उपचार गर्ने दाबी गरेको छ । महानगर प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत सो दाबी गरेका छन् । त्यसका लागि बिरामीले आफ्नो पालिकाबाट असहाय र विपन्नको सिफारिस लिएर आउनुपर्ने उनको भनाई छ ।
उनले भनेका छन्-
´नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ४३ अस्पतालका ३२३ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार नि:शुल्क उपचार हुनेछ ।
तपाईको टोल छिमेक वा आफन्तहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला ।
सम्पर्क : ११८० (1180)
वा, काठमाडौँ महानगर स्वास्थ्य विभाग
![](https://shivalayatv.com/wp-content/uploads/2024/04/10000207823489973195564139594-896x1024.jpg)