Banner Newsवाग्मती प्रदेश
जंगलमा लागेको डढेलोले घर ध्वस्त आगजनीबाट १० लाख बराबरको क्षति
नुवाकोटको सूर्यगढीमा जंगलमा लागेको डढेलोले घर ध्वस्त भएको छ । घरमा आगजनी हुँदा लाखौं रुपैयाँ बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ।
सूर्यगढी गाउँपालिका–३, चतुरमालाका तेजबहादुर तामाङको घर जंगलबाट आएको आगोले पूर्ण रुपमा जलेको सूर्यगढी गापाले जनाएको छ । आगजनीका कारण तामाङको घरमा भएको अन्न, भाँडाकुँडा, ग्याँस, लत्ताकपडालगायत जलेर नष्ट भएको स्थानीय युवा प्रमोद तिमिल्सिनाले बताए।
गोठका बाख्राहरु समेत जलेको उनले बताए । तामाङको घरमा भएको आगजनीबाट १० लाख रुपैयाँ बराबरको धनसमपत्ति क्षति भएको प्रारम्भिक अनुमान छ ।