Banner Newsकोशी प्रदेश
झापामा जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको छ
पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको छ ।
झापाको दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किएका थिए ।
उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । जीप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।