Banner Newsखेलकुद
एसीसी कपको सेमिफाइनलमा पुगेको नेपालले आज साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै ।
नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा आज साउदी अरेबियासँग खेल्दैछ । खेल ११ : ४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड-२ मा सुरुहुनेछ ।
नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ । साउदी अरेबिया ३ खेलमा २ मा हार र एकमा जितसहित २ अंकका साथ तेस्रो स्थानमा छ ।