Banner NewsBanner news (with photo)अर्थतन्त्रअर्थव्यवस्थाताजा समाचारदेश
नेपाल सरकारले आगामी बर्ष बजेटका लागि माग्यो सुझाव
नेपाल सरकार अर्थ मन्त्रालयले मिति २०८०।१२।१९ गते एक सूचना जारी गर्दी आर्थिक बर्ष २०८१।०८२ को बजेट तथा कार्यक्रमको लागि सबैसंग बजेट तथा कार्यक्रममा समावेश हुन सुझाव मागेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१।८२ का लागि बजेट मस्यौदा लेखनको काम शुरू गरिरहेको छ।
अर्थ मन्त्रालयले एक सुचना प्रकाशीत गर्दै बजेट तथा कार्यक्रमका लागि सबैसँग सुझाव माग गरेको हो ।
मन्त्रालयले विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुलाई आगामी वैशाख मसान्तभित्र सम्ममा बजेटमा सुझाव दिन आग्रह गरेको छ ।
त्यसका लागि मन्त्रालयले जारी गरेको तपसिल बमोजिमको सूचना ईमेलमा सुझाव पठाउन सकिने छ ।
उक्त सूचना तलको लिङ्कमा गएर हेर्न सक्नुहुनेछ ।
अर्थ मन्त्रालय