मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
यात्रा गर्दा किन वाकवाकी लाग्छ के हो रोकथाम ? – Shivalaya TV
Banner NewsBanner news (with photo)जिवनशैलीस्वास्थ्य

यात्रा गर्दा किन वाकवाकी लाग्छ के हो रोकथाम ?

सामान्यतया गाडीमा यात्रा गर्दा अप्ठेरो महसुस हूने, रिंगटा लाग्ने, वाकवाकि लाग्ने र वान्ता हुने विभिन्न सम्स्या आउने गरेको देख्न सकिन्छ । यात्रा गर्दा यस्तो हुनुलाई देखिनुलाइ मेडिकल शब्दमा मोसन सिक्नेस भनिन्छ।
मोसन सिक्नेस हुनुको प्रमुख कारण यात्रुको आँखाले देखेको दृश्य र सवार यात्रुको भित्रि कानले गरेको महशुस फरक पर्न गइ यात्रुको दिमागमा मिश्रित सन्देश जानु पनि हो । यात्रु बसेको ठाँउमा सफा हावाको प्रवाह हुन नसक्नु, झ्यालबाट बहिर हेर्न नमिल्नु जस्ता कारणले मानिसलाई यात्रामा समस्या आउने गर्दछ।
प्राय यसबाट यात्रा गर्ने सम्पूर्ण यात्रु खतरामा भए पनि गर्भवती आमा, कम उमेरका बालबालिका तथा बिभिन्न किसमका बिरामिहरूमा बढि प्रभावित हुने गर्दछन।सामान्यतया मसन सिक्नेसबाट प्रभावित बिरामी यात्रा सकिसकेपछि आफै बिस्तारै सन्चो हुदै जान्छ तर बिरामिलाइ झाडापखाला जस्ता समस्या भएमा तुरून्त स्वस्थ्य संस्था लैजानु पर्ने हुन्छ ।
यसका रोकथामका उपाएहरू
१. सिट व्यवस्थथापन मिले सम्ममा यात्रा गरीरहेको भन्दा विपरित दिशातिर नबस्ने
२. सकेसम्म गाडिको अगाडिको भागको सिटमा बस्ने,
३. सकेसम्म सफा हावाको प्रवाह हुने सिटतिर बस्ने
४. यदि अन्य यात्रुलाइ वान्ता भइरहेको भएमा सकेसम्म आफु सुरक्षीत हुने गरी बस्ने
५. यात्रा गर्दा विभिन्न किताबहरू नपढ्ने,आखाँ बन्द गरी आराम गर्ने अथवा कुनै टाढाको निस्चित बिन्दुमा हेर्ने
६. यात्रा गर्नु भन्दा पहिले धेरै चिल्लो खाना जस्तै पुरी,जेरी जस्ता खानेकुरा नखाने,
७.धुम्रपान तथा मध्यपान नगर्ने,
८. ध्यान भङ्ग गर्ने खालका कृयाकलाप गर्ने जस्तै गीत सुन्ने, मोबाईल टि.भि. हेर्ने, केहि खाने जस्ता कुरामा ध्यान दिने
९. स्वास्थ्यकर्मिको सल्लाह बमोजिङ मात्र यात्रा गर्दा औषधि सेवन गर्ने

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker