Banner NewsUncategorizedदेशराजनीति
जतिसुकै चिप्ला, ठुला र बाठा माछा होउन्, समातेरै छोडिन्छ`गृहमन्त्री लामिछाने
शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कार्यक्रममा बोल्दै उनले आफूले भ्रष्टाचार माछा समाउन थालेको बताउँदै जस्तोसुकै माछा भए पनि समातेरै छोड्ने उल्लेख गरे ।
मन्त्री लामिछानेले भने–‘कतिपय माछाहरू बढो चिप्लो हुन्छन्, समाउन खोज्दाखोज्दै चिप्लन्छन्, कतिपय माछाहरू बाठा हुन्छन्, समाउन खोज्दा खोज्दै लुकिहाल्छन्, कतिपय माछाहरू जाल हालेपछि छल्न जान्ने पनि हुन्छन् । जतिसुकै चिप्ला, बाठा र जतिसुकै बाठा माछा हुन, नागरिकले दिएका शक्तिका अगाडि कुर्नुहोला, तिनीहरूको कुनै सीप लाग्दैन । हामीले त्यसको सङ्केत देखाइसकेका छौँ ।’
उनले एकजना समातिँदैमा फेरी छुट्यो भने निराश नहुन र नआत्तिन आग्रह गरे ।