गृह मन्त्रालयको निर्णयानुसार सरुवा
काठमाडौंः- गृह मन्त्रालयले आज मंगलबार गृहका सहसचिव रहेका कोषहरि निरौलालाई अध्यागमन विभागको महानिर्देशक पदमा सरुवा गरेको छ ।
यसैगरी त्रिभुवन विमास्थल अध्यागमनका प्रमुख गोगनबहादुर हमाललाई राष्ट्रिय विपद जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएर उनको स्थानमा नरबहादुर थापालाई गृह मन्त्रालयले पठाइएको छ ।
त्यसैगरी गृह मन्त्रालयले विभिन्न ११ वटा जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । संखुवासभा ध्रुबहादुर खड्का, अर्घाखँची सूर्यबहादुर क्षेत्री, लमजुङ बुद्धबहादुर गुरुङ, ओखलढुंगा नारायण ढकाल, रोल्पा खिमबहादुर रायमाझी र जाजरकोट ऋषिराज आचार्यलाई सि.डि.ओ. का रुपमा सरुवा गरिएको छ । मराज कडरियालाई धनुषा, शिवकुमार कार्कीलाई खोटाङ, यज्ञराज जोशीलाई दार्चुला, मिना अर्याललाई तेह्रथुम र रवीन्द्र आचार्यलाई ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी बनाइएको गृह मन्त्रालयको मिति २०८० चैत्र ६ गतेको निर्णयानुसार सरुवा सूची निम्नानुसार रहेको त जुन तल दिईएको लिङ्ककमा गएर हेर्न सकिन्छ ।