Banner news (with photo)अर्थतन्त्र
शेयर बजारमा आज दोहोरो अंकको गिरावट
शेरो बजार १०.६२ अंक घटेर २०७०.२५ विन्दुमा रोकियो
आइतबार नेप्से परिसूचक १०.६२ अंक घटेर २०७०.२५ विन्दुमा रोकिएको छ। सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४४ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको देखिएको छ। १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको देखिएको छ। यस दिन विकास बैंक, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन १.५६ प्रतिशत घटेको छ भने जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको देखिन्छ ।