मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
उपत्यका भित्र विदा मनाउन उचित गन्तव्य – Shivalaya TV
Banner NewsBanner news (with photo)जिवनशैलीपर्यटन

उपत्यका भित्र विदा मनाउन उचित गन्तव्य

उपत्यका भित्रका लागि शिवपुरी हाइकिङ उचित गन्तव्य

काठमाडौँमा गाडीको हर्न, धुवाँ, धुलोले उकुसमुकुस हुन्छ । यो उकुस मुकुसबाट निस्किन कतिपयले उपत्यका वरपरको हाइकिङ यात्रालाई विकल्प बनाउन थालेका छन् । काठमाडौं उपत्यकाको उत्तरपूर्वी चुचुरो, शिवपुरी राष्ट्रिय निकुञ्जको चिसापानीमा रहेको धाप जलाशय बागमती नदी बेसिन परियोजनाको एक महत्वपूर्ण भाग हो । धाप बाँध नेपालको पहिलो कंक्रिट फेस रक भरिएको बाँध हो । काठमाडौँ उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको यो संरचना धार्मिक, सांस्कृतिक एवं इतिहाससँग पनि गाँसिएको छ । यसको मुख्य उद्देश्य सुख्खा मौसममा बागमतीमा पानीको बहाव बढाउनु र नदीको पानीको गुणस्तर बढाउनु हो र सुख्खा मौसममा बागमती नदीमा पानी आपूर्ति गर्दछ ।
तथ्यांकअनुसार बाँधमा ८ करोड ६१ लाख लिटरसम्म पानी भण्डारण गर्न सकिन्छ । सुख्खायाममा बाँधबाट बागमती नदीमा आठ महिनासम्म पानि पठाउन सकिन्छ । सन् २०१५ मा ४५ करोड रुपैयाँ लागत अनुमानमा यो बाँध निर्माण सुरु भएको थियो । एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण सुरु भएको थियो । केही महिनायता धाप जलाशय युवाहरुको लोकप्रिय गन्तव्य बनेको छ । बिदाको दिनमा बाँध क्षेत्रमा युवाहरुको बाक्लो भिड लाग्ने गरेको छ । बाँधमा पुग्न केही पैदल यात्रा र गाडी मोटरसाईकल मार्फत यात्रा गर्ने गरेका छन् । धाप बाँध जान चाहनेले सुन्दरीजल पुग्नुपर्छ । राष्ट्रिय निकुञ्जको चेकपोस्टमा निकुञ्ज प्रवेश गर्न निश्चित शुल्क तिर्नुपर्ने हुन्छ ।
एक व्यक्तिको लागि सामान्य टिकट १०० रुपैयाँ र मोटरसाइकलको लागि १५० रुपैयाँ तोकिएको छ । सुन्दरीजलबाट बाँधस्थल पुग्न २२ किलोमिटर छ । मुख्य सडक ग्राभेल छ । जीप, बाइक र स्कुटर करिब १ घण्टा ३० मिनेटमा सजिलै पुग्छन । साना कारहरूलाई भने कठिनाइ हुन सक्छ ।
धाप ड्याम निर्माण सम्पन्न भएसँगै पर्यटकीय गन्तव्यको रूपमा चिनिन थालेको छ । अहिले आन्तरिक पर्यटक मात्र होइन, धाप ड्याममा बाह्य पर्यटकको पनि ओइरो छ ।
धाप ड्यामबाट गणेश, लाङटाङलगायत दर्जनौँ हिमशृङ्खला देख्न पाइन्छ। काठमाडौँको छोटो दूरीमा रहेको अग्लो डाँडामा सबैभन्दा ठुलो मानवनिर्मित ताल भएकाले पनि अहिले पर्यटकहरुले बढी रुचाएका छन्। यो ठाउँबाट चिसो मौसममा पारिलो घाम ताप्दै हिमालको उज्यालोमा उपत्यकालाई नियाल्न पाइन्छ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker