पशुपतिनाथमा भक्तजनकाे चापलाई मध्यनजर गर्दै गौशाला भएर जाने सवारीसाकाे रुट।
काठमाडौं । आज रातिदेखि नै गौशाला क्षेत्रमा हुने पुजा गर्ने भक्तजनकाे चापलाई मध्यनजर गर्दै गौशाला भएर जाने सवारीको रुट तोकिएको ट्राफिक प्रहरीले जनाएको छ। अब गौशाला क्षेत्र जाने सवारी साधनलाई चावहिल, पुरानोबानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाईभर्सन गरिने छ।
त्यसैगरी मालवहाक सवारी साधानहरूलाई भने तिनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने छ। गौशाला क्षेत्रमा भोली गरिने सवारी व्यवस्थापनका लागि पार्किङ काे ब्यबस्थापनको लागि पशुपतिविकास काेसकाे भित्र सवारी पार्किङ साईट भण्डार साईट राताे पुल अँाखा अस्पताल साईट तिलगंगा र आबस्यक्ता अनुसार डाईभर्सन पनि गरिने र अाबसहयोगी भुमिका निर्वाह गर्न चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठलेले अनुरोध गरेका छन् ।
पार्किङ्ग
१. तीलगंगा आंखा अस्पताल अगाडी
२. देवउद्यान स्थित कोषको कार्यालय र भण्डारखाल
३. सिफल चौर
४. गुह्येश्वरी पारी
५. वनकाली क्षेत्र :- महाशिवरात्रिको अवसरमा शिविर संचालन गर्ने संघ संस्थाहरुको सवारी साधन, दमकल, एम्बुलेन्स र खानेपानीका ट्याङ्करहरुको पनि पार्कीङ्ग र सुविधा रहेको उपत्यका ट्राफिक प्रहरी जिवन कुमार श्रेष्ठले जानकारी दिनुभएको छ।