![](https://shivalayatv.com/wp-content/uploads/2024/03/1000017159-780x470.jpg)
युवराज सफलले पहिलोपटक गृहमन्त्री भएका रवि लामिछानेलाई अनागरिक भन्दै मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतले उनी अनागरिक भएको भन्दै मन्त्री र सांसद दुबै पद खारेज गरिदिएको थियो ।
अहिलेपनि उनले सहकारी बचतकर्ताको करोडौं रकम हिनामिना गरेको भन्दै उनले विभिन्न निकायमा उजुरी दिएका छन् । लामिछाने नै सदस्य रहेको राज्य, व्यवस्था तथा सुशासन समिति, संसद सचिवालय र सहकारी विभागमा समेत लामिछानेविरुद्ध छानबिनका लागि सफलले उजुरी दिएका छन् ।उनी सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्-
´धन्यवाद फेरि अर्को पटक गृहमन्त्री पद उडाउन पाइने भयो,यस्तो अवसर जो कोहीले कहाँ पाउछ ? मन्त्री होउ,सपथ खाउ,पद बहाली पनि गर । त्यसपछि तिम्रो दिनगन्ती सुरु ??`
![](https://shivalayatv.com/wp-content/uploads/2024/03/1000017166955754903896659787-1024x384.jpg)