मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
पातमा आर्ट गर्ने जुम्लाका बिराज भण्डारी – Shivalaya TV
Banner NewsBanner news (with photo)बिचारमनोरञ्जनसाहित्य/ सिर्जना

पातमा आर्ट गर्ने जुम्लाका बिराज भण्डारी

केहि समय अघिदेखि फेसबुकमा एउटा पातमा बनाइएको चित्रको फोटोको खुब चर्चा भयो । फोटो भने स्थायी बसोवास चन्द्रनाथ नगरपालिका वडा नं. २ हाल काठमाडौं रहेका २४ वर्षीय बिराज भण्डारीले आफ्नो फेसबुकमा पोस्ट गरेका थिए ।
फोटोमा एमाले महासचिव संकर पोख्रेलको थियो।

त्यसको केहि समय अगाडी भने एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि आर्ट बनायर भण्डारीले पुर्व प्रधानमन्त्री ओलीलाई जन्मदिनको उपाहार समेत दिएका थिए । ओलीले समेत भण्डारीको फेसबुक प्रोफाईलवाट शेयर गरेका थिए ।
भण्डारीले अरुबेलाजस्तै पातमा विभिन्न चित्र बनाएर फेसबुकमा फोटो पोष्ट गरेका थिए। तर महासचिव पोख्रेलको फोटोले राम्रै चर्चा पायो । पोख्रेलले आफ्नै फेसबुकमा समेत शेयर गर्दै “कलात्मक सिर्जनाका लागि विराज भण्डारीलाई बधाई । सिर्जनात्मक कला र कौशल अझै फलोस फुलोस” भन्दै पोख्रेलले शुभकामना समेत व्यक्त गरेका छन् ।
नेपालमा BSC AG को अध्ययन गर्दै गरेका उनी सानैबाट आर्टमा रुची राख्ने भण्डारीले पहिलो लकडाउन वाट नै चित्र कोर्न थाले। कोर्दाकोर्दै उनले पातमा आर्ट गर्ने भाका टिपे।
पहिलोपल्ट आफूले लिपुलेक सहितको नेपालको नक्सा ओखरको पातमा आर्ट गरेको उनले सुनाए।

उनको सामाजिक सञ्जाल फेसबुकमा गौतम बुद्ध, पुर्व प्रधानमन्त्री केपी शर्मा ओली, गाइका रचना रिमाल,
अहिले उनलाई साथीभाइ र अरुले पनि आफ्नो फोटो बनाइदिन आग्रह गर्दै मेसेज गर्छन्।
भण्डारीले आर्टवाटै आम्दानी समेत गर्दै आएका छन र प्रशंसा गर्दा हौसला बढेको भन्दै भण्डारीले भने,’धेरैले सेयर गर्नुहुन्छ। मेरो रुची पनि भएको कारण यसलाई निरन्तरता नै दिन्छु।

सामान्यतया बिराज भण्डारीले २५ भन्दा माथि विद्यालयमा उक्त आर्टको प्रशिक्षण समेत दिने गरेका छन् ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker