ताजा समाचारमधेस प्रदेशराजनीति
एमाले उपाध्यक्ष विष्णु पौडेललाई २ सय किलोको माला ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/03/1000016952-780x470.jpg)
जनकपुर विमानस्थलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई २ सय किलोको मालाले स्वागत गरिएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली नआएपछि उनका लागि बनाइएको मालाले उपाध्यक्ष पौडेललाई स्वागत गरिएको हो ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिको रुपमा एमाले अध्यक्ष ओली आमन्त्रित थिए । तर अन्तिम समयमा उनी अनुपस्थित भएका थिए ।