Banner NewsBanner news (with photo)
भजन शिरोमणीलाई राष्ट्रिय सम्मानसहित बिदा गरिने
काठमाडौं, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति कलाकार, राजनीतिज्ञ, समाजसेवी र सर्वसाधारण्ले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।
आचार्यको आजै दिउँसो पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित दाहसंस्कार गरिने भएको छ ।