Banner news (with photo)Uncategorizedताजा समाचारराजनीति
बालकुमारी घटनाकाे प्रतिवेदन फागुन २० भित्र भुझाउब सिफारिस ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/02/1000016432-1-780x470.jpg)
काठमाडौं । सरकारले बालकुमारी घटनाका सम्बन्धमा फागुन २० भित्र सुझाव सिफारिस गर्नेगरी उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति गठन गरको छ ।आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताउनु भयो । उहाँले छानबिन गर्न गठित आयोगले सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गरी फागुन २० भित्र सुझाव सिफारिस गर्नेगरी उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति गठन गरको बताउनु भयो ।बैठकले सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु हुने जय शंकर साहको परिवारलाई आर्थिक सहायता स्वरुप १० लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ ।