Banner news (with photo)ताजा समाचारसाहित्य/ सिर्जना
गायक एवं संगीतकार भक्तराज आचार्यको निधन ।

काठमाडौं । भजनशिरोमणि उपाधि पाएका गायक एवं संगीतकार भक्तराज आचार्यको निधन भएको छ ।
एक्कासि अक्सिजन लेभल घटेपछि अस्पताल लैजाँदै गर्दा उनको निधन भएको चिकित्सकले घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।
चिकित्सकहरुका अनुसार अक्सिजन लेभल घटेर ८२ वर्षीय आचार्यको ‘ब्रेन डेथ’ भएको हो ।
स्व. आचार्य नेपाली गीतसंगीत क्षेत्रमा अग्रणी व्यक्तित्व थिए ।