नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा रावत निर्वाचित ।
काठमाडौं । नेकपा एमालेका युवा नेता भक्त बहादुर रावत नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन । विद्यार्थी संगठनबाट राजनीति शुरु गरेका रावत पार्टीमा इमानदार जुजारु सरल र व्यावहारिक नेताको रुपमा आफ्नो छवि स्थापित गराउदै आएका छन, उनै रावत भर्खरै सम्पन्न अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन । दोस्रो अधिवेशनबाट कमिटिको
उपाध्यक्षमा जाजरकोटकी पुजा बस्नेत,
सचिवमा सुर्खेतका लोकेन्द्र रोकाया, उप – सचिवमा हुम्लाका विरजन महतारा र सल्यानका टेकेन्द्र ओली निर्विरोध निर्वाचित भएको कर्णाली प्रदेश सम्पर्क कमिटीका नव निर्वाचित अध्यक्ष रावतले जानकारी दिए ।
काठमाडौंको सामाखुशीस्थित स्काई पार्टी प्यालेसमा पार्टीमा भएको थियोे उक्त कार्यक्रममा एमाले पार्टीका उप – महासचिव प्रदिप कुमार ज्ञावलीले उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटन शत्रमा पार्टी स्थायी कमिटी सदस्य तथा सम्पर्क विशेष समन्वय कमिटी इन्चार्ज लालवावु पण्डित, पोलिटब्युरो सदस्य मोहन बानिया, भैरवसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य तथा इन्चार्ज कल्पना थापा, केन्द्रीय सदस्य निरज आचार्य, दल रावल, नगेन्द्र शाही ( नेशनल ), छक्कबहादुर लामा लगायतका नेताहरुले संवोधन गरेका थिए ।