Banner Newsजिवनशैलीसुरक्षा/अपराध
सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा ।
![](https://shivalayatv.com/wp-content/uploads/2023/12/FB_IMG_1703396872370-780x470.jpg)
काठमाडौं पुस ८ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ ।
जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो ।
आज मुद्दाको किनारा लाग्ने बताइएको छ । सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । फैसलाका लागि यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन । न्यायाधीश शिशिरराज ढकालको इजलासमा सो मुद्दाको पेशी तोकिएको छ । फैसलाका लागि यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको थिएन । आज अन्तिम सुनुवाइ हुने अपेक्षा भने गरिएको छ । जिल्ला अदालतले बन्द इजलासमा सुनुवाइ हुने छ ।