Banner NewsUncategorizedराजनीतिवाग्मती प्रदेशसुरक्षा/अपराध
रास्वपाले अबदेखि काठमाडौंमा आन्दोलन गर्ने
पोखरामा आज भएको पत्रकार सम्मेलनमा रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमले भने-
‘हामीले न्यायका लागि झक्झक्याउन सफल भयौं, पोखराकेन्द्रित आन्दोलन सफल भएकै हाम्रो निष्कर्ष छ । पोखराकेन्द्रित आन्दोलन सम्भवत आज अन्तिम हुनेछ, अब काठमाडौंकेन्द्रित रहनेछौं ।’
यस्तै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले पनि पनि सोही कुरा उल्लेख गरे । उनले भने-
‘अब काठमाडौंकेन्द्रित आन्दोलन हुन्छ । तर पोखरामा सभापति रहुन्जेल केही न केही कार्यक्रम त भइराख्छ ।’
रास्वपाले पोखराका जनताको समर्थन खोजेपनि सो हुन नसकेको भन्दै टिका, टिप्पणी हुने गरेको थियो ।