Banner NewsBanner news (with photo)पर्यटनवाग्मती प्रदेशस्थानीय तह
धरहरा असोज ३ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा आउदै
काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा असोज ३ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा आउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवसको अवसर सो दिन धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
बिहीबारको मन्त्रिपरिषद बैठकले धरहरा सञ्चालन सम्बन्धी यसअघिका सबै निर्णय खारेज धरहरा सञ्चालनको जिम्मा शहरी विकास मन्त्रालयलाई दिएको छ ।