Banner Newsमनोरञ्जनसुरक्षा/अपराधसूचना / प्रबिधि
प्रतिबन्धित टिकटक खुलाउने सरकारको तयारी
आज साँझ ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा टिकटकमा यसअघि सरकारले लगाएको प्रतिबन्ध हटाउने प्रस्ताव लैजाने तयारी भएको बुझिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्रीस्तरीय निर्णय गरेर टिकटक खोल्ने प्रस्ताव तयार पार्न निर्देशन दिएको र सोही अनुसार आजको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजान लागिएको बताइएको छ । यो विषयमा सम्भवत आज नै निर्णय गर्ने सरकारको तयारी छ ।
यसअघि टिकटकले सञ्चार मन्त्रालयलाई प्रतिबन्ध फुकुवा गरिदिन अनुरोध गर्दै पत्र लेखेको थियो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको भन्दै गत वर्ष २७ कात्तिकको मन्त्रिपरिषदमा निर्णय गरेर टिकटकमाथि प्रतिबन्धको घोषणा गरेको थियो ।