Banner Newsकर्णाली प्रदेशताजा समाचारस्थानीय तहस्वास्थ्य
हुम्लामा बलेरो जिप दुर्घटना
हुम्ला, – हुम्लाको जिल्लाको अदानचुलि गाउँपालिका वडा नं. ४ मा बलेरो जिप दुर्घटना भएको छ । जिप उकालो चढ्ने क्रममा ब्रेक फेल हुँदा गाडी पल्टिएको हो।
दुर्घटनापछि जिप उत्तानो अवस्थामा पल्टिएको थियो, जसलाई उठाउन स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले संयुक्त रुपमा घटनास्थलमा पुगेका थिए । स्थानीय र प्रहरीहरूले तात्कालिक उद्दार कार्य सुरु गरी जिपलाई सडकबाट उठाएका छन्।
दुर्घटनाका कारण के कति क्षति भयो भन्ने विषयमा भने अझै पूर्ण जानकारी प्राप्त हुन सकेको छैन। प्रारम्भिक रिपोर्ट अनुसार, ठूलो मानवीय क्षति भने नभएको बताइएको छ। घटना भए लगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो भने स्थानीयहरूले समेत उद्दारमा सहयोग गरेका थिए।