Banner NewsBanner news (with photo)जिवनशैलीताजा समाचारदेशबि.बि.सि.सूचना / प्रबिधि
भोली सार्वजनिक बिदा
गृह मन्त्रालयले भोली सार्वजनिक विदा दिदै एक सूचना जारी गरेको छ ।
काठमाडौं १९ सनिबार ।
नेपाल सरकार गृह मन्त्रालयले मिति २०८१।०४।१८ गते एक सार्वजनिक बिदा सम्बन्धी सूचना जारी गरेको छ ।
मन्त्रालयले मिति २०८०।१०।२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा मिति २०८१।०४।२० गते अर्थात भोली आईतबारका दिन काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा १ दिने सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बिदा भने काठमाडौं, भक्तपुर र ललितपुरमा मात्र हुने भनी गृह मन्त्रालयले सूचना प्रकाशित गरिएको थियो ।
गृह मन्त्रालयको सूचना तल हेर्न सक्नुहुने छ ।