मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
सन्दीप लामिछानेको मुद्दामा आफ्नो चरित्रहत्या गरिएको भन्दै पारस खड्काको आपत्ति, कानुनी उपचार खोज्ने चेतावनी – Shivalaya TV
Banner Newsखेलकुदजिवनशैलीबिचार

सन्दीप लामिछानेको मुद्दामा आफ्नो चरित्रहत्या गरिएको भन्दै पारस खड्काको आपत्ति, कानुनी उपचार खोज्ने चेतावनी

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्-

´पछिल्लो केहि समय यता सामाजिक संजालमा मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहिन तरिकाले म माथी भैरहेको व्यक्तिगत आरोपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपालको कानुनले कसैलाईपनि विना प्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन । नेपालको कानुनले सबैलाई कानुनी उपचारको बाटो खुल्ला राखेको छ ।

नेपाली क्रिकेटसंग सम्बन्धित विभिन्न पक्षहरू र विशेषत: सन्दिप लामिछानेसंग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जानेनै छ । यो सबैका विच समेत तर्कहिन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले म माथी भैरहेको नियोजित षड्यन्त्रलाई ढिलो चांडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु ।

अन्त्यमा नेपाली क्रिकेटप्रतिको मेरो निस्वार्थ: भावना र यसको विकास, विस्तार प्रतिको मेरो अठोटमा कदापि पनि परिवर्तन नआउने समेत सम्पूर्णका विच संकल्प गर्दछु ।`

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker