Banner NewsBanner news (with photo)
नेपाल प्रहरीका इन्स्पेक्टरको ठूलो संख्यामा सरुवा
काठमाडौंः नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा तथा कागज सूची निकालेको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) श्री बसन्तबहादुर कुँवरको बुधबार २०८०।०१।२६ गतेको निर्णयअनुसार ५१९ जना प्रहरी निरीक्षक इन्सपेक्टरहरूको सरुवा सूची सार्वजनिक गरेको हो । उक्त सार्वजनीक सूची मध्ये केही प्रहरी निरीक्षकहरुको भने काजमा रहेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको पत्रमा उल्लेख भए बमोजिम २०८१ साल जेठ महिना देखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीवाट पाउने गरी सरुवा गरेको छ ।