Banner Newsप्राविधिक समाचारवाग्मती प्रदेश
काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाज काठमाडौं फिर्ता ।
सोमबार बिहान काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको छ।
विमानमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए।
हाइड्रोलिकमा समस्या आउदा अवतरणको क्रममा विमानमा ब्रेक लगाउन कठिनाई हुन्छ।
सिताको ९०६ उडान नम्बरको जहाज काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण र सबै यात्रु सकुशल रहेको निरौलाले बताए। धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्याइएको थियो।