मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
२०८१ पुर्वसन्ध्या र नयाँ बर्षको दिन परेर धेरै नेपाली गीतहरु सार्वजनिक । – Shivalaya TV
चलचित्र खबरमनोरञ्जन

२०८१ पुर्वसन्ध्या र नयाँ बर्षको दिन परेर धेरै नेपाली गीतहरु सार्वजनिक ।

काठमाडौं । नयाँ बर्ष २०८१ सुरु भए संगै यसको पुर्वसन्ध्या र नयाँ बर्षको दिन परेर धेरै नेपाली गीतहरु सार्वजनिक भए यस्तैमा गायिका निता आचार्य र गायक एबम संगीतकार शंकर थापा ‘स्माइल’ले पनि युगल स्वरमा रहेको नयाँ गीत  ‘अदभूत माया’ पनि सार्वजनिक गरेका छन् । गीतकार अनिल संग्रौलाको शब्द रचना र शंकरकै संगीत रहेको गीतमा विश्व अधिकारीको एरेन्ज रहेको छ ।
मनाङ्ग जिल्लाको उच्च हिमाली भेगमा खिचिएको गीतको भिडियोमा प्रभातपाल ठकुरी  र सोफी धरेलको अभिनय रहेको छ । केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
यसअघि पनि गायिका निता आचार्यले संगीतकार शंकर थापा ‘स्माइल’ सहकार्यमा गीतहरु सार्वजनिक गरिसकेकी छिन ।
गीत गायन देखि संगीत कर्म सम्म त्यतिकै पोख्त ‘स्माइल’ले संगीत भरेका युगल गायन ,चलचित्र देखि सुगम संगीत सम्मका गीतहरु दर्शकको रोजाइमा पर्दै आएका छन् ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker