बाबुको भिषा र बबरमहलको जेब्राक्रसिङ्गको बत्ती
यो नेपालको राजधानी काठमाडौंको केन्द्रभागमा रहेको बबरमहल चोक हो। म बिगत ७ बर्ष देखि पैदल सडक पार गर्ने जेब्राक्रसिङ पनि हो । यहाँ लगभग २/३ बर्ष अघिदेखी बेलाबेलामा ट्राफिक लाइटको व्यवस्था गरिदै आएको छ । आज भन्दा करिव एक बर्ष अघि यस जेब्रा क्रसिङ्मा निरन्तर २/३ महिना रातो बत्ती बलिरहने गरेको थियो । केहि महिना अघिदेखि उक्त बत्ति अहिले बन्द छ । केहि समय अघिको कुरा हो यँहा जेब्रा क्रसिङमा म धेरैजना मानिसहरु करिब २५/३० मिनेट एकजना ७८ बर्षिय बुढा बा अनि बिद्ययालयवाट दिउसो भरी अध्ययन गरेर फर्केका करीब १७ बर्षिय भाई पनि बाटो काट्न हरियो बत्तीको पर्खाईमा थियौं । तर आधा घण्टा बित्दा पनि यहाँ निरन्तर रातो बत्ती बलिरह्यो ।
अनि मैले यो अघिल्लो बर्षको झै रातो बत्ती बलिरहने समस्या पहिले नै भोगिसकेको हुँदा मैले सम्पुर्णमा जानकारी गराए र हामीले रातो बत्तीमा बाटो काट्यौ । यो हामी हरियो बत्ती बल्ला र सवारी साधन रोकिएलान् अनि सडक पार गरौंला भनेर पैदलयात्रुले पर्खिने हो भने जबसम्म बत्ती निभ्दैन तबसम्म पालो आउँदैन ! बेलुका करिब साढे ५ बजेको समयमा सबैजना सिक्षित नै हुनुहुन्थो उहाहरु पर्खिनु भयो र शिक्षित बुझ्ने भएको पनि अनअर्थ लगाउदै रातो बत्तीमा हामी बाटो काट्न बाध्य भयौ । म लगाएत सम्पुर्णमा थाहा थियो कि रातो बत्तीमा बाटो काट्न हुदैन । उक्त दिन म लगाएत बुढा बा ले पनि बुझेर रातो बत्तीमा बाटो काट्यौ तर बा ले भन्नुभो हामिले रातो बत्तीमा बाटौ काट्यौ आज गलत गर्यौ ।
बिद्ययालयवाट फर्कीदै गरेका बाबुले भने You are doing it wrong, wait a while. मैले भने बाबु तिमिले बोलेको यो अग्रेजिले यो जेब्राक्रसङमा आउने सबैले अर्कोपटक बाटो काट्दा हरियो बत्तिमै काट्न पाउन। यो मैले बिगत २ बर्षदेखि भोग्दै आएको कुरा हो ।
आज मिति २०८०।१२।१९ गते पनि तिनै भाईसँग मैले बाटो काटे भाई आफ्नो सथिहरुसँग थिए र भन्दै थिए यो बाटोको पोल भन्दा आवश्यक यो बाटो काट्दा बल्ने बत्तीको आवश्यकता थियो उनिले भने अब यो बबरमहलको जेब्रक्रसिङको बत्ती बल्नु भन्दा पहिले त मेरो विदेशको भिषा आउछ ।
शुभयात्रा !
गोबिन्द जोशी