Banner NewsBanner news (with photo)कोशी प्रदेशताजा समाचारमुख्य समाचार
तेह्रथुम फेदाप आगलागी
कोशी प्रदेश तेह्रथुम जिल्लाको फेदाप पाउँपालिका १ को सिम्लेमा आगलागी हुँदा १५ घर गोठ घर जलेर नष्ट भएका छन्।
फेदाप गाउँपालिका-१ सिम्लेमा आज आइतबार ११ बजेवाट भएको आगलागीबाट दिउँसोसम्म १५ घर जलेर नष्ट भएको वडाध्यक्ष मोहनबहादुर श्रेष्ठले हामीलाई जानकारी दिनुभएको छ ।
अध्यक्ष श्रेष्ठले अहिलेसम्म आगो नियन्त्रणमा लिन नसकिएको उनले जानकारी गराउनु भयो ।
खोला क्षेत्रवाट आएको आगोले आगलागी भएको र पानीको समस्या भएका कारण आगलागी नियन्त्रणमा लिन नसकिएको वडाध्यक्ष श्रेष्ठले बताए ।
आगलागीबारे थप विवरण आउन बाँकी छ।