तन्त्रहरू धेरै आए”कविता “
![](https://shivalayatv.com/wp-content/uploads/2024/03/1000017772-773x470.jpg)
तन्त्रहरू धेरै आए
लोकतन्त्र अनि गणतन्त्र,
सत्ता भोग पेट भरी
गरिब जनता भोकमरी ,
काम गर्नेलाई धाक धम्की
भन्छन् गर्धन थाप घरिघरि,
शासन गर्ने सामन्ती
गर्छन् दबाब राजतन्त्र माथि,
दलाल पुँजीवादको दमन गरि
राजनीति गरिब जनतामाथि,
विदेशीकै हस्ताक्षेपले
मुलुक भन्दा दल माथि,
चन्द्व,सुर्य झन्डा ओडी
विदेशीन बाध्यय,
शिक्षामा नि राजनीति छ
शासन सत्ता उनी माथि,
पुँजीवादले छाही सक्यो
देशको विकास माथि,
स्वतन्त्रताको लहर छ
सुशासन कै लागि ,
चन्द्व सुर्य उचाले छन
सगरमाथा माथि,
स्वाभिमानी नेपाल चाहिन्छ
विरताको रगत माथि,
अशिक्षाको बाटो माथि
राजनीतिकले छायो,
समाजवादको नारा लगाई
पुँजीवादको दमन भयो,
राजनीतिको हस्ताक्षेप छ
चन्द्व सुर्य माथि,
विरताको गाथा भित्र
स्वाभिमानी हामी,
गणतन्त्रको उपाधिमा
सुशासनको नारा लगाई,
न्यायमा नि राजनीति छ
दमन त्यहीँ न्यायपालिका माथि,
लोकतन्त्रको उपाधिमा
संघीयताको भोग गरि,
सत्ता शक्ति उनको शोक
कति लाग्दो छ त्यहीँ कुर्सीको लोभ,
सत्तामा नै भागबन्डा छ
शासन गर्नकै लागि,
जनतालाई दमन गर्ने
लोकतन्त्र, गणतन्त्र उनकै अधीन माथि।।
लेखक:एन-आर (नम राज रावत)मुगु