निरौलाको प्रेस देखी भैसी फार्मको यात्रा
कुनै दिन प्रेसको जागिर खाइरहेका सुदूरपश्चिमका बझाङ्गका सहदेव निरौलालाई त्यति बेला सम्म आफ्नो करियर सुरक्षित लाग्थ्यो जति बेला उनले प्रेसबाट निकालिदिने धम्की समेत पाएँ । त्यो भन्दा अझै बढी त उनका प्रमुखले विभिन्न कुरामा धम्की दिन्थे । त्यसकारण उनि जागिरको विकल्प खोज्दै थिएँ । उनलाई गाउँमा पशुपालनको भने अनुभव थियो।
यही पिडासँग जुध्दै गर्दा उनले एक दिन आफू बस्ने ठाउँ नजिकै भैसि पालन गरी व्यवसाय गर्दै आएका व्यक्तिलाई भेटे र कुराकानी पनि गरे । त्यही कुराकानी नै उनको परिवर्तनको महत्त्वपूर्ण सहयोग र सल्लाह हुन पुग्यो । गाउँमा दैनिकी घरपरिवारका लागि दही मोहीका लागि दुई वटासम्म गाईरभैंसी पालेका निरौलाले मनग्य आम्दानी गर्न सकिन्छ भन्दा उनि माथि त्यस्तो परिवर्तनको आशा गरेनन् । तरपनि आफू पनि गरिहेर्ने सोचले उनले एउटागाई खरिद गरी व्यवसायको सुरु भयो निरौलाको व्यावसायिक पशुपालनको यात्रा ।
सहरमा जागिर खाएर गुजारा गरिरहेको मान्छे अचानक व्यवसायको सोच राख्नु उनका लागि सहज कुरा थिएन । गाई भैसि पाल्नका लागि उनको चाँजो पाजो मिलाई शुरु गरेका हुन् । यसरी एउटा गाई र एउटा भैँसीबाट सुरु भएको उनको व्यवसायले आज उनलाई मेहनत अनुसारको व्यावसायिक सफलता दिलाएको महसुस गर्नुहुनछ । ललितपुरको भैँसेपाटीमा आज व्यवस्थित संरचना सहितको निरौला कृषि फर्म सञ्चालनमा छ ।
अहिले यो कृषि फार्ममा उनको परिवारको पनि साथ र सहयोग रहेको छ । आफूले पालेका गाई भैसिलाई आफ्ना सन्तान जत्तिकै माया गर्ने निरौला आफूलाई कहिल्यै फार्म छोडेर बाहिर जान वा बस्न मन नलाग्ने बताउँछन् । यदि एकदमै जरुरी भएर बाहिर निस्कनु परेपनि उनी छिटै फार्ममा फर्किन्छन् । उनको फर्ममा हाल दैनिक करिब १२० देखि १५० लिटर दूध उत्पादन हुन्छ । त्यसमध्ये करिब ८० लिटर आफैले पोका पारेर घरघरमा पुर्याउँछन भने बाँकी दुध डेरीलाई दिने गरेका छन् ।
पशुपालन गर्दा आफूलाई विदेश जानू नपरेको र अन्त गर्ने दुःख आफ्नै देशमा गर्दा आफ्नै परिवार सँग दुख सुख साट्न पाइएकाले उनी यो पेसाबाट पूर्ण सन्तुष्ट बताउछन् । नेपालमा पशुपालनको व्यवसाय गरी राम्रो जिविको पालन गर्न सकिन्न भन्ने हरुका लागि एक राम्रो उदाहण पनि हुन निरौला । पिठो, दाना लगायतका सामान समयमा आउँदैन भने मूल्यमा एकरूपता पाइँदैन । निरौला भन्छन बाटो देखि पानीको असुविधाले समेत हामी किसानलाई सताउने गरेको छ। नेपाल सरकारले कृषिलाई प्रोत्साहन गर्नका निम्ति विभिन्न कार्यक्रम र अनुदानका प्याकेजहरू ल्याएको भए पनि निरौला जस्ता वास्तविक किसानहरू त्यसबाट टाढै छन् । पहुँच नपुग्दा झोलामा फर्म बोकेर हिड्नेहरूकै हालीमुहाली रहेको गुनासो उनी गर्छन् ।
निरौलाले केहि समय अगाडी यहि फर्मलाई बिक्री समेत गरेका थिए तर खरिद गर्ने मानिसहरुले उहाँलाई सर्त बमोजिम रकम नदिएका कारण हाल भने पुरानै फर्ममा काम गर्दै आउनु भएको छ । भन्नुहुन्छ मान्छेहरुले सहजै गरिराखेको छ भनेर तत्पर हुनुभयो दुःख मेहनत गर्न नसकेर छोडेर जानुभयो उहावाट मैले धोखा पाएँ । उहा भन्नुहुन्छ व्यवसाय गर्न धेरै बाटोहरु छन तर हामी नेपालीहरु विदेशमा पैसा फल्छ झै गरी विदेशीन रहर गर्छौ ।