कर्णाली प्रदेशताजा समाचारपर्यटन
हिउँले छाेपेकाे रारा पर्यटककाे पर्खाइमा ।(तस्बिर )
नेपालकै सबैभन्दा ठुलो तालकाे नामले प्रसिद्ध रारा समुद्री सतहदेखि दुई हजार नौ सय २९ मिटर उचाइमा अवस्थित छ पर्यटकीय गन्तव्य रारालाई हिउँले पछिल्लो समय छपक्कै ढाकेको छ ।
वरिपरि सेताम्य हिउँ, बीचमा निलो ताल, राराको सौन्दर्य झनै खुलेको छ । पछिल्लो समय बर्षा सुरुवात भएसँगै रारामा ७ इन्च भन्दा बढी हिउँ जमेको छ ।
फागुनको हिउँले गर्दा रारा कपास फुलेजस्तै देखिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका एक कर्मचारीका अनुसार रारामा पर्यटकलाई स्वागत गर्न प्रकृतिले ताल वरिपरि सेता कार्पेट बिछ्याएको उनको भनाइ छ । रारा ताल वरपर रहेका होटेल, निकुञ्जको कार्यालय र हुटु नेपाली सेनाको ब्यारेक हिउँले सेताम्य देखिएका छन् र स्थानीय बासिन्दा पनि खुसी छन ।
#तस्बिर: हेम राज राेकाय