मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
प्रहरी महानिरीक्षक कुँवरको निर्देशन सम्बोधन – Shivalaya TV
Banner NewsBanner news (with photo)Uncategorizedताजा समाचारवाग्मती प्रदेशसुरक्षा/अपराध

प्रहरी महानिरीक्षक कुँवरको निर्देशन सम्बोधन

प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा पूरा गर्न प्रहरी कर्मचारीहरू सिर्जनशील र उत्प्रेरित हुनुपर्छ

काठमाडौं, १४ माघ
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा पूरा गर्न प्रहरी
कर्मचारीहरू थप सिर्जनशील र उत्प्रेरित हुनुपर्ने बताउनुभएको छ ।
हालै सरूवा तथा पदस्थापन भई आ-आफ्नो कार्यक्षेत्रमा खटि जान लाग्नु भएका प्रहरी
वरिष्ठ उपरीक्षकहरू र प्रहरी उपरीक्षकहरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा
निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक
कुँवरले उक्त कुरा बताउनुभएको हो ।


प्रहरी महानिरीक्षक कुँवरले संगठनको कार्ययोजना एवम् लक्ष्यलाई प्राथमिकतामा राखेर
संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण
प्रहरी कर्मचारीहरू सक्रिय भई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । व्यक्तिगत स्वार्थ भन्दा
सांगठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर संगठनलाई थप बलियो र सुदृढ बनाउन चेन अफ
कमाण्डभित्र रहेर सामूहिक प्रयासमा केन्द्रीत हुनुपर्ने उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले संगठनको नीति र आवश्यकता अनुरूप नै सरूवा भएको
उल्लेख गर्दै नयाँ जिम्मेवारीलाई नविन ढंगले सम्पादन गरी आफूलाई रोल मोडलको रूपमा
प्रस्तुत गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । आ-आफ्नो जिम्मेवार
क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला
सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यसअघि नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त
महानिरीक्षक टेक प्रसाद राई, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बुद्धिराज
गुरूङ, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंह,

अपराधअनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायत र प्रदेश समन्वय
विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र केसीले समेत सरूवा भई जान लागेका
प्रहरी अधिकृतहरूलाई वर्तमान परिवेश, गर्नुपर्ने काम एवम् निर्वाह गर्नुपर्ने भूमिकाको साथै
समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker