मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
बझाङ्गको सेती नदिमा बगेर एक युवक बेपत्ताः खोजिकार्य जारी – Shivalaya TV
Banner NewsBanner news (with photo)ताजा समाचारमुख्य समाचारसुदूरपश्चिम प्रदेशस्वास्थ्य

बझाङ्गको सेती नदिमा बगेर एक युवक बेपत्ताः खोजिकार्य जारी

बझाङ्ग: थलारा गाउपालिका ०१ रेगम र केदारस्यु ०१ देउरा जोड्ने काठको पुलबाट चिप्लिएर सेती नदिमा पर्दा एक जना स्थानिय युवा बेपत्ता भएका छन। बेपत्ता हुनेमा बझाङ्ग जिल्ला, थलारा ०१ रेगमका २६ बर्षिय टेक गिरी रहेको स्थानियले बताएका छन । शुक्रबार करिब साझ ५/6 बजे तिर थलारा गाउँपालिका वडा नम्वर १ र केदास्यु गाउँवालिका वडा नम्वर १ देउरा स्थानिय बजारबाट घर जाने क्रममा बेपत्ता भएका गिरीको प्रहरिले खोजी कार्य गरेको भए पनि साझको समय परेको हुदा खोज्न कठिनाइ भएको र खोजी कार्यमा समस्या भएको थियो । गिरी गत सुक्रबार बेलुका बेपत्ता भएका हुन हालसम्म भने उनलाई नभेटेको स्थानियले जनाएका छन् ।

उक्त स्थानमा रहेको झोलुङ्गे पुल २०७८ सालको अविरल बर्षाका कारण बगेको र हाल काठे पुलमा स्थानियले आवत जावत गर्ने गरेका छन् ।
तीन वर्षअघि बगाएको उक्त पुल केदारस्युँ र थलारा गाउँपालिका जोड्ने देउराको झोलुंगे पुल बाढीले बगाउँदा हालसम्म पुल निर्माण नहुँदा बझाङ, बैतडी र डोटीका ५ पालिकाका स्थानीयले अत्यावश्यक सेवा लिन पनि सास्ती खेप्नु परिरहेको थियो ।

 

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker