मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
बानेश्वर क्याम्पसका मन्त्री पदमा पुगेका दुई पूर्व विद्यार्थीलाई सम्मान – Shivalaya TV
Banner Newsजिवनशैलीराजनीतिवाग्मती प्रदेश

बानेश्वर क्याम्पसका मन्त्री पदमा पुगेका दुई पूर्व विद्यार्थीलाई सम्मान

बानेश्वर बहुमुखी क्याम्पसले आफ्ना दुई पूर्व विद्यार्थीहरू राज्यका उच्च ओहोदामा पुगेकोमा भदौ ३० गते बधाइ तथा शुभकामना कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको छ । बधाइ तथा शुभकामना कार्यक्रम बानेश्वर बहुमुखी क्याम्पस र क्याम्पसको पूर्व विद्यार्थी समाजको संयुक्त आयोजनामा क्याम्पसको सभाहलमा सम्पन्न भएको थियो ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने र भौतिक पूर्वाधार विकास मन्त्री अमन कुमार मास्केलाई जनताको सेवामा पु-याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ।

मन्त्री लामिछानेले कानुन पालना र प्रदेश सरकारको सहयोग अनुभव गराउन प्रतिबद्धता व्यक्त गरे। उनले संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताए। मन्त्री मास्केले दीर्घकालीन प्रभाव पार्ने पूर्वाधार विकास परियोजनामा पारदर्शिता र विश्वासको आवश्यकता औंल्याए।

क्याम्पस प्रमुख डा. घमानसिंह खड्काले तीनै तहका सरकारबीच समन्वयलाई जोड दिँदै जनताका आवश्यकता सम्बोधन गर्ने नीति निर्माणको आवश्यकता बताए। क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिबोल भट्टराईले रोजगारमूलक शिक्षाको प्राथमिकतामा जोड दिए।

पूर्व विद्यार्थी समाजका अध्यक्ष लक्ष्मण लम्सालले मन्त्रीहरूको कार्यकुशलताको प्रशंसा गरे।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker