शाहीको नेतृत्वमा आयोजना गरीएको जाजरकोट-काठमाडौ कप फुट्सल प्रतियोगितामा ‘केएफसी खलंगा’ विजयी
नेकपा एमाले निकट जाजरकोट-काठमाडौ सम्पर्क मञ्चले आयोजना गरेको दोश्रो जाजरकोट-काठमाडौ सम्पर्क मञ्च कप फुट्सल प्रतियोगितामा ‘केएफसी खलंगा’ले उपाधि जितेको हो । प्रतियोगितामा आयोजक टिमलाई हराउँदै केएफसी खलंगा विजयी भएको हो।
प्रतियोगिता काठमाडौंको कालोपुल स्थित धन्यन्तरी फुटसल ग्राउण्डमा आइतबार सम्पन्न भएको थियो । यस प्रतियोगितामा विभिन्न १६ वटा टिमले भाग लिएका थिए।
उपाधि विजेता टिम केएफसी खलंगालाई नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिएको छ । उपविजेता बनेको आयोजक टिमलाई भने नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल, र प्रमाणपत्रले पुरस्कृत गरिएको मञ्चका अध्यक्ष नवराज शाहीले जानकारी दिए ।
नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रतियोगिताको उद्घाटन गरेका थिए भने बिजेता टिमलाई पार्टी केन्द्रीय सदस्य एवं केन्द्रीय निर्वाचन विभाग प्रमुख निरज आचार्य, कर्णाली प्रदेश सम्पर्क कमिटीका अध्यक्ष भक्त ब रावत र अनेरास्ववियुका केन्द्रिय उपा अध्यक्ष नारायण घर्ती लगायतका नेताहरुले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिता समग्रमा सफल रहेको र जिल्लावासी युवाहरुलाई एकजुट गर्ने कार्यमा यसले ठुलो भूमिका खेलेको र आगामी दिनमा यता नयाँ योजना गरिराखने अध्यक्ष शाहीले जानकारी दिए ।