Banner Newsखेलकुदवाग्मती प्रदेश
नेपालले खेल्ने विश्वकप क्रिकेटको विभिन्न ठाउँमा प्रत्यक्ष प्रसारण गर्दै काठमाडौं महानगर

टी ट्वान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि काठमाडौँ महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँबाट प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको छ । नेपाली समयअनुसार आज साँझ सवा नौ बजेदेखि नेपाल र नेदरल्याण्ड्सकाे खेल हुनेछ । यो खेल हेर्नका लागि ठुला एलईडी स्क्रिन राखिनेछन् ।
महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नवीन भण्डारीले जानकारी दिए ।
यी स्थानहरुमा खेल हेर्न कुनै शुल्क तिर्नुपर्दैन ।